
काठमाण्डौं । फिनल्याण्डका एक १० वर्षीय ह्याकर जोनीलाई इन्स्टाग्रामको कमजोरी पत्ता लगाएवापत कम्पनीले १० हजार डलर पुरस्कार दिएको छ।
जोनीले इन्स्टाग्राममा एक ‘बग’ का माध्यमबाट अर्को प्रयोगकर्ताले गरेको कमेन्ट हटाउन सकिने पत्ता लगाएका थिए। इन्स्टाग्रामको सुरक्षामा भएको कमजोरी पत्ता लगाएवापत इन्स्टाग्राम चलाउने कम्पनी फेसबुकले उनलाई करिब १० लाख रुपैयाँ पुरष्कृत गरेको हो।
यो कमजोरीका बारेमा जोनीले कम्पनीलाई मेल पठाएर जानकारी दिएका थिए र फेसबुकले यो थाहा पाउना साथ तुरुन्त समस्या समाधान गरेको हो।
तर जोनीको उमेरका हिसाबले भने इन्स्टाग्राम चलाउन पाउन अझै तीन वर्ष कुर्न पर्छ। १० वर्षीय जोनी सबैभन्दा कम उमेरका ‘बग बाउन्टी’ पुरस्कार जित्ने व्यक्ति बनेका छन्।
फेसबुकले सन् २०११ देखि हालसम्म ‘बग बाउन्टी’ विजेतालाई पुरस्कारको रुपमा ४३ लाख डलर दिइसकेको बताएको छ।
प्रकाशितः २०७३ वैशाख २२
वि.सं.२०७३ वैशाख २२ बुधवार १४:१० मा प्रकाशित