back

फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्यमा सर्वसम्मत

Kumari bank ad

2016-05-05 10:55

विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)को केन्द्रीय कार्यसमिति सदस्य सर्वसम्मत ढङ्गले चयन भएको छ ।

सो पार्टीको जारी महाधिवेशनको तेस्रो दिन बुधबार खुल्लातर्फ २१ र आरक्षित २१ स्थान गरी ४२ स्थानका लागि ९७ जना आ–आफ्ना उम्मेदवारी दर्ता गराएका थिए ।

पार्टीका अध्यक्ष विजयकुमार गच्छदारलाई पार्टीको केन्द्रीय समितिको बैठकले सर्वसम्मत चयन गर्न अधिकार दिएपछि गएराति १२ः३० बजे सर्वसम्मत ढङ्गले चयन भएको पार्टी प्रवक्ता सुनिलरञ्जन सिँहले जानकारी गराएका हुन ।

सर्वसम्मत ढङ्गले खुल्लातर्फबाट चयन हुने सदस्यहरुमा क्रमशः नन्दकुमार सरदार, कामेश्वरप्रसाद साह, गणेश लामा, मोहम्मद मुस्ताक आलम, शिवकुमार गुरमाछाने, छेदीलाल चौंधरी, उमाशङ्कर अरगरिया, सिद्धिकुमार महर्जन, सप्पनकुमार दास र योगेन्द्र चौधरी छन् ।

त्यसैगरी, लक्ष्मण यादव, सुबोधकुमार पोखरेल, प्रेम विसी, मोहम्मद तोफिक खान, निरु कार्की, वेदनारायण गच्छदार, अनिलकुमार गोड, हरेन्द्र सिँह, राजकुमार नालगो, प्रदीपकुमार चौधरी र वासुदेव राना रहेका छन् ।

सोही केन्द्रीय सदस्यको आरक्षित पदमा महिलातर्फ जसवी मण्डल र रुक्मणि मण्डल, आदिवासी (हिमाल–पहाड)बाट साथीमान बल र जयराज सङपोक, लिम्बू, आदिवासी (तराई–मधेस)बाट उषा राजवंशी, शिवनारायण उराव, दलित (तराई–मधेस)बाट कलावतीदेवी पासवान र रमणी राम, दलित (हिमाल–पहाड)बाट सन्तोषी विश्वकर्मा र हस्तबहादुर विश्वकर्मालाई छनोट गरिएको छ ।

त्यसैगरी, पिछडावर्गबाट रामलखन ठाकुर बरही र देवनारायण मुखिया तथा खसआर्यबाट शिवप्रसाद दङ्गाल र दूर्गादेवी कोइराला, मधेसीबाट चन्दा साह, अर्जुनप्रसाद शर्मा, जवाहरलाल यादव र नारायण मेहता, मुस्लिमबाट गफार अन्सारी र मोहम्मद मोहताव आलम एवम् कर्णाली क्षेत्रबाट धनबहादुर पाण्डेलाई चयन गरिएको छ ।

यसअघि, पार्टीको अध्यक्ष पदमा बुधबार पार्टी अध्यक्ष विजयकुमार गच्छदारको एक मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचित सदस्यको आजै अपराह्न शपथग्रहण हुने पार्टी प्रवक्ता सुनिलरञ्जन सिँहले जानकारी दिए ।

२३ वैशाख २०७३

वि.सं.२०७३ वैशाख २३ बिहीवार १०:५५ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...