
काठमाण्डौं । सिइबिडी हाइड्रो फण्डले साधारण सेयर निष्काशन गर्ने भएको छ । यो फण्डले १७ करोड ६१ लाख बराबरको १७ लाख ६१ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
सिइबिडी २०६६ सालमा क्लिन इनर्जी डेभलपमेन्ट बैंकले स्थापना गरेको हाइड्रो फण्ड हो । यो फण्ड जलविद्युत आयोजनामा लगानी तथा निमार्ण गर्न स्थापना गरिएको हो । हाल सञ्चालनमा रहेका तीन वटा आयोजनामा यो कम्पनीको लगानी छ ।
राधी जलविद्युत आयोजना, साङ्गे जलविद्युत आयोजना र खुदि जलविद्युत आयोजनामा यो कम्पनीको लगानी छ । यस बाहेक केही निर्माणाधिन आयोजनामा पनि फण्डले लगानी गरेको छ ।
२४ बैशाख २०७३, १.००
वि.सं.२०७३ वैशाख २४ शुक्रवार १४:४६ मा प्रकाशित