back

६ सय रुपैयाँले सस्तियो सुन !

काठमाण्डौं । साताको दोस्रो दिनदेखि ओरालो लागेको सुनको भाउ साताभरमा ६ सय रुपैयाँले घटेको छ। साताको अन्तिम दिन शुक्रबार सुनको भाउ एक सय रुपैयाँले सस्तिएको छ।

साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलाको तीन सय रुपैयाँले घटेको थियो। मंगलबार सुनको भाउ स्थिर रह्यो। बुधबार सुनको भाउ दुई सय रुपैयाँले सस्तियो भने विहिबार फेरि स्थिर रह्यो।

पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५७ हजार रुपैयाँमा किनबेच भएको थियो। सोमबार सुनको भाउ तोलाको ५६ हजार सात सय रुपैयाँ पुगेको थियो भने बुधबार ५६ हजार पाँच सय रुपैयाँ पुगेको थियो।

आज शुक्रबार सुन तोलामा ५६ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ। विहिबार सुनको भाउ तोलाको ५६ हजार पाँच सय रुपैयाँ कायम भएको थियो। साता भरमा चाँदीको भाउ दस रुपैयाँले घटेको छ। महासंघका अनुसार शुक्रबार चाँदी तोलामा सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

२४ बैशाख २०७३, १।००

वि.सं.२०७३ वैशाख २४ शुक्रवार १४:५० मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...