back
NMB ad

विदेशको डाक्टरी डिग्री छाडेर पशुपालन, वार्षिक ८ लाख आम्दानी

Kumari bank ad

पाल्पा । मदनपोखरा– ९ तिनकुने टोलका हरि थापा डाक्टरी पढाइ छाडेर अहिले पशुपालनमा लागेका छन् । एमबिबिएस पढ्नका लागि रसिया पुगेका उनी डाक्टरी पढाइ छोडेर गाउँमै आएर बाख्रा र कुखुरा व्यवसाय सुरु गर्नुभएको छ ।

सात वर्षसम्म रसियामा एमबिबिएस पढ्दा उनले करिब २१ लाख खर्च गरेका थिए । “गाउँमा सबै युवाले पशुपालन र तरकारी खेती गरी गाउँ नै हराभरा बनाएको देखेपछि पढ्न भन्दा नि व्यवसाय गर्ने मन जाग्योे” उनले भने “परिवारको सोच डाक्टरी पढाइतिर भए पनि मेरो मन एक्कासि बदलियो, बीचमै पढाइ छाडेर घर फर्केर बाख्रा र कुखुरापालन व्यवसायमा हात हाले ।”

थापाको सानैदेखि नै पशुपालन गर्ने इच्छा थियो । “डाक्टरी पढेर विदेशमै अरुको सेवा गर्दै मलाई ठिक्क हुन्थ्यो, तर परिवार र गाउँबाट म सधैँ टाढा हुन्थे,” उनी भन्छन् । विदेशी जीवन भन्दा गाउँले जीवन वेश लागेर पशुपालन व्यवसाय सुरु गरेको थापाको भनाइ छ ।

थापाले रु १५ लाखको लगानीमा बाख्रा फार्म तथा कुखुरा फार्म सञ्चालन गरेका छन् । उनले फार्ममा ५७ वटा जमुनापारी, खरी र वयर जातका बाख्रा रहेका छन् भने स्थानीय कुखुरालाई संरक्षण गर्ने उद्देश्यका साथ ४०० कुखुरा समेत पालेका छन् ।

गाउँमै बसेर व्यवसाय गर्न थालेपछि व्यवसायतर्फ झन् हौसला बढ्दै गएको उनको भनाइ छ । यस व्यवसायबाट थापाले वार्षिक रु सात लाखदेखि रु आठ लाखसम्म आम्दानी गरिरेका छन् ।

२४ बैशाख २०७३, १.००

वि.सं.२०७३ वैशाख २४ शुक्रवार १६:०५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...