
काठमाण्डौं । नेको इन्स्योरेन्सले अबदेखि दुर्घटना भएको स्थानमै बिमाको दावी भुक्तानी गर्ने भएको छ ।
कम्पनीले ग्राहकहरुले दुर्घटना भए पश्चात वीमा दावीको भूक्तानी लिन ढिलो समय कुर्नु नपरोस, कागजी झन्झटबाट पूर्ण मुक्त भई वीमा दावी सरल तरिकाले प्राप्त गर्न सकुन भन्ने उद्देश्यले स्पट पेमेन्टको व्यवस्था गरिएको जनाएको छ ।
दुर्घटना स्थलमै भुक्तानी लिन ग्राहकले आफ्नो सम्पत्तीको क्षति हुना साथ नेको इन्सुरेन्सको नजिकको शाखा वा केन्द्रिय कार्यालयको दावी विभागमा जानकारी गराउनु पर्छ । त्यसपछि कम्पनीबाट तत्काल दुर्घटना स्थलमा कर्मचारी पुगेर भुक्तानी गर्ने विज्ञप्तिमा उल्लेख छ ।
२४ बैशाख २०७३, १।००
वि.सं.२०७३ वैशाख २४ शुक्रवार १६:५१ मा प्रकाशित