
काठमाडौं । नेपालको एक मात्र रेटिंग एजेन्सी इक्रा नेपालले नबिल बैंकलाई एए माइनस (AA–) को रेटिंग दिएको छ ।
बैंकको ब्यवस्थापन, बजारको हिस्सा, स्वस्थ मुनाफा अवस्था, असल ब्राण्ड मुल्याङ्कन, पर्याप्त पूँजी, सक्षमता, कर्जा तथा निक्षेपको असल समिश्रण, शाख, समग्र आकार तथा गुणस्तर राम्रो रहेकोले एजेन्सीले बैंकलाई यस्तो रेटिंग दिएको हो ।
उच्च क्रेडिट गुणस्तर भएका संस्थाले यो रेटिङ पाउँछन् ।
बैंकको पूँजी, बासल ३ अनुसार समेत प्रयाप्त रहेको तथा पूँजी वृद्धि योजना अनुसार समेत बैंकको आफ्नै आम्दानीबाट थप मजबुद हुने अवस्था रहेको समेत इक्रा नेपालले जनाएको छ । बैंकका अनुसार इक्रा नेपालले नबिललाई दिएको यो AA– को रेटिङ्ग अहिले सम्म नेपालमा कुनै पनि कम्पनीलाई प्रदान गरिएको उच्च रेटिङ्ग मध्येमा पर्दछ ।
प्रकाशितः २०७३ वैशाख २५
वि.सं.२०७३ वैशाख २५ शनिवार ११:४४ मा प्रकाशित