back
NMB ad

साताभर ११ अंकले घट्यो सेयर बजार

Kumari bank ad

काठमाण्डौं । यो साताको सेयर बजार ११ अंकले घटेको छ। राजनीतिक अन्यौलता थपिँदा साताका अन्तिम दिनहरुमा बजार ओर्लिरह्यो। सोमबार बजारको परिसूचक हालसम्मकै उच्च अंक १४ सय ७४ मा पुगेको थियो। त्यसपछि बजार निरन्तर घट्न पुग्यो। कारोबार बन्द हुँदासम्म बजारको परिसूचक १४ सय ६३ अंकमा कायम भएको छ।

नेप्सेमा साताभर १ सय ४४ कम्पनीको ४ अर्ब ५९ करोड ९५ लाख २५ हजार रुपैयाँ बराबरका ६९ लाख ३५ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा ३०. ७३ प्रतिशत कम हो। गत साता १४१ कम्पनीहरुको कारोबार भएको थियोे।

समूहगत रुपमा हेर्दा यो साता होटल बाहेक सबै समूह ओर्लिए। होटल समूह ४७ अंकले उक्लिएको छ। वाणिज्य बैंक समूह ११.९३, विकास बैंक समूह १४.५७ र बिमा समूह ७२.८३ अंकले ओर्लिएको छ। उत्पादनमूलक, अन्य र बित्त समूह पनि झिनो अंकले घट्यो।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.४८ अंकले घटेर ३ सय १६ अंकमा आईपुगेको छ।

प्रकाशितः २०७३ वैशाख २५

वि.सं.२०७३ वैशाख २५ शनिवार १२:१६ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...