back

सुगर मिलले दिने भयो उखु किसानलाई साढे ५ करोड

Nepal Bank

नवलपरासी । चिनी उद्योगले किसानलाई उखुको रकम लिएबापत भुक्तानी नगरेको भन्दै एकसाता अघि नवलपरासीको इन्दिरा सुगर मिलमा लगाइएको ताला सुगर मिलले किसानलाई ५ करोड दिने भएपछि शनिबारबाट खुलेको छ।

किसान, किसान प्रतिनिधि र उद्योग सञ्चालकबीच शुक्रबार भएको त्रिपक्षीय वार्ता सहमतिमा पुगेपछि उद्योगमा लगाइएको ताला खोलिएको हो । लामो समयबाट उखुको भुक्तानी नदिएको भन्दै इन्दिरा सुगर मिल गङ्गापुर र त्यस्को स्वामित्वमा रहेको त्रिपुरेश्वर कन्डक्टर उद्योगमा उखु किसान र उखु उत्पादक किसान समितिको अगुवाइमा एक साताअघि ताला लगाएका थिए।

मिलबाट भुक्तानी गर्न बाँकी रहेको रकम पाँच करोड ४९ लाख वैशाख २६ गतेबाट भुक्तानी गर्न सुरु गर्ने र असार ५ गतेभित्रै भुक्तानी पूरा गर्ने, सरकारबाट प्राप्त प्रति क्विन्टल दुई हजार ५०० को अनुदान प्राप्त गर्नका लागि मिलले जिल्ला कृषि विकास कार्यालयलाई उखु किसानको वितरित विवरण कार्यालयमा बुझाउने र किसानले बेलाटारीमा उखु किसान समितिको भवन निर्माणका लागि मिलले प्रति क्विन्टल एक रुपैयाको दरले काटेको रकम १५ दिनभित्रै समितिलाई बुझाउने सहमति भएको छ ।

२६ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख २६ आइतवार १०:०१ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...