back
SKIP
Prabhu Bank Road Block Ad

के आज तिर्ला त एनसेलले सरकारलाई २२ अर्ब कर ?

Kumari bank ad

काठमाण्डौं । सेयर खरिद बिक्रीमा भएको लाभमा एनसेलले विवरण तथा कर दाखिलाको तयारी सुरु गरेको छ। विवरण र कर दाखिला गर्ने शनिबार अन्तिम दिन भए पनि विदा परेकाले एनसेलले आइतबारसम्मको म्याद पाएको छ।

कर दाखिलाका लागि एनसेलले वित्तीय स्रोतको व्यवस्थापन सुरु गर्दै शुक्रबार केही रकम राजस्व दाखिला गर्ने एभरेष्ट बैंकमा सारेको स्रोतले बतायो। ‘अहिलेसम्मको जानकारीमा एनसेलले १७ अर्ब रुपैयाँ रकम तथा त्यस बराबरको चेक एभरेष्ट बैंकमा सारेको छ, स्रोतले भन्यो।

स्वीडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेरा (हाल टेलिया कम्पनी नामाकरण गरिएको) तथा नेदरल्यान्ड्सको एसइए टेलिकमसँग एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले एक अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो।

सन् २०१५ को अन्त्यमा घोषणा गरिएको यो कारोबार अप्रिल ११ तारिखमा सम्पन्न भएको घोषणा दुवै कम्पनीले गरेका थिए।

यो कारोबारमा एनसेलले आइतबारसम्म खरिदको आयविवरण तथा १५ प्रतिशत स्रोतमा कर कट्टी गरेर कर कार्यालयलाई बुझाउनु पर्ने दायित्व छ। सार्वजनिक गरिएको कारोवारको आधारमा एनसेलले आइतबार कम्तिमा पनि २२ अर्ब रुपैयाँ राजस्व दाखिला गर्नुपर्छ।

यसअघि २० प्रतिशत सेयर सुनिभेरा क्यापिटलकी एकल लगानीकर्ता भावनासिंह श्रेष्ठलाई बिक्री गरेका निरजगोविन्द श्रेष्ठले लाभकरवापत दुई अर्व ८३ करोड रुपैयाँ कर बुझाइसकेका छन्।

१५ प्रतिशत टिडिएस बुझाएपछि एनसेलले लाभको दश प्रतिशत रकम बुझाउन थप तीन महिनाको अवधि पाउँछ। यो बेला सरकारले थप १५ अर्ब रुपैयाँ राजस्व पाउनेछ।

२६ बैशाख २०७३, ८.००

वि.सं.२०७३ वैशाख २६ आइतवार १०:१९ मा प्रकाशित

You can share this post!

लाभांश पारित गर्दै सकियो सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा

लाभांश पारित गर्दै सकियो सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा

वि.सं.२०८० मंसिर २४ आइतवार १६:४८

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न...

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नवौं वर्षमा प्रवेश

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नवौं वर्षमा प्रवेश

वि.सं.२०८० मंसिर २४ आइतवार १६:४०

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड स्थापनाको आठौँ वर्ष...

गाउँमा करोडौँको सुन्तला, बजार पुर्‍याउन गाह्रो   

गाउँमा करोडौँको सुन्तला, बजार पुर्‍याउन गाह्रो   

वि.सं.२०८० मंसिर २४ आइतवार १६:३५

मिला दरै डुम्रे (तनहुँ), २४ मङ्सिर (रासस) : तनहुँको कर्णालीका...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, भोली कतिमा खुल्छ कारोबार ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, भोली कतिमा खुल्छ कारोबार ?

वि.सं.२०८० मंसिर २४ आइतवार १६:३०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आईतबार एक कम्पनीको मूल्य...

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै   

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै   

वि.सं.२०८० मंसिर २४ आइतवार १६:०९

चितवन, २४ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई...

यसअघि स्थगित नेसनल हाइड्रोपावरले बोलायो साधारण सभा, अब कहिले ?

यसअघि स्थगित नेसनल हाइड्रोपावरले बोलायो साधारण सभा, अब कहिले ?

वि.सं.२०८० मंसिर २४ आइतवार १६:०३

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ...