back

ढोरपाटनमा नेपाली सेना परिचालन !

Kumari bank ad

बागलुङ । ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ नेपाली सेना खटिएको छ । चोरी सिकार, अतिक्रमणजस्ता अवैध कार्य रोक्न सरकारले सेना राखेको हो । नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु निर्देशनालयमार्फत हनुमान ध्वज गुल्म आरक्ष क्षेत्रमा पुगेको छ । मन्त्रिपरिषद्ले सेना राख्ने निर्णय गरेको दुईवर्षपछि आरक्षमा सेना परिचालित भएको हो ।

भौतिक पूर्वाधार, बजेट र जनशक्ति व्यवस्थापन समयमै नहुँदा सेना आउन ढिला भएको जनाइएको छ । बन्दोबस्तीसहित ८० जना आरक्षमा तैनाथ भइसकेको र बाँकी अर्को सातासम्म आइपुग्ने क्याप्टेन असीम श्रेष्ठले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले वन मन्त्रालयमार्फत तीन वर्षअघि नै आरक्षमा सेना खटाउन माग गरेको थियो । आरक्षको सुरक्षा र संरक्षणमा सेना राखेर सरकारले उपयुक्त कदम चालेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । “आरक्षको सुरक्षा व्यवस्था ज्यादै कमजोर अवस्थामा छ, चोरी सिकार, जग्गा अतिक्रमणजस्ता अवैध कार्य भइरहेका छन्”, अधिकृत बरालले भन्नुभयो – “अब सेना आएपछि ती सबै नियन्त्रणमा आउनेछन्, आरक्षका कर्मचारीले पनि निर्धक्क भएर काम गर्ने वातावरण बन्नेछ ।”

एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष हातामा यसअघि सुरक्षाको नाममा एउटा प्रहरी चौकी र आरक्षका कर्मचारीमात्र थिए । दुर्लभ वन्यजन्तुको वासस्थान रहेको ढोरपाटन क्षेत्रमा तस्कर सक्रिय रहेकाले सेना परिचालनले तिनीहरु निरुत्साहित हुने ठानिएको छ ।

आरक्षमा नाउर, कस्तुरी, मृग, घोरल, झारल, बँदेल, भालु, डाँफे, मुनाललगायतका जनावर र पक्षीको लुकीछिपी सिकार हुँदै आएको छ । सिकार (ब्लक)हरुमा वन्यजन्तुका छाला, सिङ तथा स–साना हतियार फेला पर्ने गरेको आरक्षका कर्मचारी बताउँछन् ।

२६ बैशाख २०७३, ९।००

वि.सं.२०७३ वैशाख २६ आइतवार ११:१३ मा प्रकाशित

You can share this post!

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु

वि.सं.२०८० मंसिर १८ सोमवार १२:५३

काठमाडौं । ललितपुर स्थित झम्सिखेल स्थित प्रधान कार्यालय रहेको यस...

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु   

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु   

वि.सं.२०८० मंसिर १८ सोमवार १२:४५

मेडक, १८ मङ्सिर : भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ भोली बाँडफाँड हुने, सेयर हात पार्ने कति जना ?

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ भोली बाँडफाँड हुने, सेयर हात पार्ने कति जना ?

वि.सं.२०८० मंसिर १८ सोमवार १२:२२

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड भोली हुने ...

१ लाख ७८ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

१ लाख ७८ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

वि.सं.२०८० मंसिर १८ सोमवार १२:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उन्नती सहकार्य लघुवित्तको...

हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर   

हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर   

वि.सं.२०८० मंसिर १८ सोमवार ११:५९

सिमकोट, (हुम्ला) १८ मङ्सिर : हुम्लामा आज बिहानैदेखि हिमपात सुरु...

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

वि.सं.२०८० मंसिर १८ सोमवार ११:४९

काठमाडौं । पिपुल्स पावर कम्पनीले हकप्रद निष्कासन गर्ने निर्णय गरेको...