
काठमाण्डौं । नेपालकै सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्रा हिजोदेखि सुरु भएको छ। वैशाख शुक्ल प्रतिपदाका दिन शनिबार कटुवाल दहमा विशेष पूजा गरी मच्छिन्द्रनाथको मूर्तिलाई चाँदीको कलशमा राखेर पाटनको तबहालमा ल्याइएको थियो। योसँगै करिब दुई महिना लामो यो जात्रा सुरु भएकोछ ।
वर्षा एवं सहकालका देवताका रूपमा मानिने मच्छिन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय बुंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ ।
वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरिसकेपछि अक्षय तृतियाका दिन गौदानसहितको शान्ति स्वस्तिपश्चात् चौथी तिथिमा रथयात्रा आरम्भ गरिन्छ ।
२६ बैशाख २०७३, ९।००
वि.सं.२०७३ वैशाख २६ आइतवार ११:३० मा प्रकाशित