back

सरकारले पुँजी बजारलाई तत्काल निजीकरण नगर्ने

काठमाण्डौं । सरकारले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निजीकरण नगर्ने भएको छ। देशको एकमात्र स्टक एक्सचेन्ज कम्पनीमा सरकारको ५८ प्रतिशत र नेपाल राष्ट्र बैंकको ३५ प्रतिशत स्वामित्व छ।

नेप्से निजीकरणको माग धेरै वर्ष अगाडिदेखि उठे पनि सरकारले आफ्नो स्वामित्व छाड्न आलटाल गरिरहेको हो। पूर्णरुपमा निजीकरण नगर्ने बरु नेप्सेमा रहेको आफ्नो सेयर विस्तारै कम गर्दै जाने सरकारको योजना रहेको अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनालले बताएका छन्।

‘एकैपटक निजीकरण नभन्नुहोस्। नेप्सेको निजीकरणभन्दा त्यसमा रहेको हाम्रो स्टेक कम गर्दै जाने हो। हाम्रो नीति नै त्यही हो र हामी त्यसका लागि तयार छौं’ अर्थसचिव खनालले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले राजधानीमा शनिबार आयोजना गरेको ‘पुँजी बजार सुधारका चुनौती र आर्थिक नीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा भने।

कार्यक्रममा सचिव खनालले निजीकरणको माग गर्ने तर लगानी गर्न चाहिँ नआउने भन्दै गुनासो गरे।

सरकारी बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकमा सरकारले लगानीकर्ता र रणनीतिक साझेदार धेरै अघिदेखि खोजेको तर नपाएको उदाहरण दिँदै उनले भने, ‘यो निजीकरण गर्नैपर्छ भन्ने तर ल आउनुहोस न त भन्दा आउनु भएन, वाणिज्य बैंक, नेपाल बैंक खोलियो आउनु भएन। आउनेवाला चाहिँ हुनु हुन्न। त्यसैले निजीकरण भन्ने र आउने (लगानी गर्न) कुरा फरक रहेछ।’

‘त्यसैले अहिले हामी चाहिँ नेप्सेको स्टेक पूरै छाड्नभन्दा पनि केही राखेर क्रमिक रुपमा बाँकी सेयर रणनीतिक साझेदार खोज्दै बिनिवेश गर्दै जाने योजनामा छौ,’ उनले भने।

तर पुँजी बजारको नियामक निकाय सेबोनका अध्यक्ष रेवतबहादुर कार्कीले कायक्रममै सरकारले नेप्सेमा स्वामित्व राख्ने धारणामा बिमत्ति राखे। ‘धितोपत्रको दोस्रो बजारलाई आधुनिकीकरण गर्ने हो भने नेप्सेलाई पूर्णरुपमै कर्पोरेटाइजेसन गर्नुपर्छ,’ कार्कीले भने, ‘सरकारी स्टक एक्सचेन्ज भनेको पुरानो अवधारणा हो। यसले देशको स्टक एक्सचेन्ज धेरै पछाडि छ भन्ने सन्देश जान्छ।’

कार्यक्रममा सचिव खनालले नियामक निकायको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता औंल्यए। ‘हामीले नियमन गर्ने भनेर जुनजुन संस्था बनाएका छौं, तिनीहरुको संस्थागत क्षमता अत्यन्तै कमजोर छ र त्यो क्षमता कमजोर हुनेबित्तिकै अरुले खेल्न थाल्छ, अरु संस्थाले नियमन गर्न थाल्छ,’ सचिव खनालले भने। ‘मानौं, नियामक निकाय सेबोन शक्तिशाली, सक्षम, राम्रो वा तगडा भएन भने धितोपत्र दलालहरुले नियमन गर्न थाल्छन्।’

निरन्तर उकालो लागिरहेको दोस्रो बजारप्रति संकेत गर्दै सचिव खनालले मौसम परिवर्तन हुँदा पनि बजार बढ्नु राम्रो नभएको बताए। ‘हो लगानीकर्ताको मनोविज्ञानले पक्कै पनि बजारमा असर गर्छ तर अहिले सूचीकृत कम्पनीहरुको प्रोफाइलले भन्दा पनि अरुले नै काम गरिरहेको छ, यसले पुँजी बजार स्वस्थ हुँदैन, ‘सचिव खनालले भने। बजारप्रति जनविश्वास बढाउन नियामक निकाय सबल हुनुपर्ने उनको धारणा थियो।

‘जति नियामक निकाय र यसका नियमहरु सावधान, सबल र राम्रा हुन्छन्, बजार त्यत्ति स्थिर हुन्छ,’ उनले भने।

२६ बैशाख २०७३, ११।००

वि.सं.२०७३ वैशाख २६ आइतवार १२:१० मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...