back

नेपाल बैंकले बेच्ने भो ४ लाख कित्ता सेयर, कोषले दियो स्वीकृति

काठमाण्डौं । नेपाल बैंकले आफ्नो नाममा रहेको नागरिक लगानी कोषको ४ लाख कित्ता शेयर पुनर्बिमा कम्पनीलाई बेच्न अनुमति मागेकोमा नागरिक लगानी कोषले स्वीकृति दिएको छ । नागरिक लगानी कोषको शुक्रबार बसेको बोर्ड बैठकले कोषको निदिष्ट कानुनी दायरामा रहेर शेयर बेच्न अनुमति दिएको हो ।

नेपाल बैंकले चार लाख कित्ता नागरिक लगानी कोषको संस्थापक शेयर पुनर्बिमा कम्पनीलाई बेच्ने क्रममा अर्थ मन्त्रालयसँग अनुमति मागेकोमा मन्त्रालयले सो सम्बन्धी फाईललाई कोषमा पठाएको थियो । कोषले अनुमति प्रदान गरेकाले अब सो फाईल मन्त्रालय फर्किएर अन्तिम स्वीकृति प्रदान हुने छ । नागरिक लगानी कोष सम्बन्धी कानुनमा संस्थापकले शेयर बेच्दा अनिबार्य रुपमा पूर्व स्वीकृति लिनुपर्ने प्रावधान रहेकाले कोषको अनुमति आबश्यक परेको हो ।

२६ बैशाख २०७३, २.००

वि.सं.२०७३ वैशाख २६ आइतवार १४:४८ मा प्रकाशित

You can share this post!

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

वि.सं.२०८० असोज ६ शनिवार १७:४५

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५...

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

वि.सं.२०८० असोज ६ शनिवार १७:३९

काठमाडौँ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७...

तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

वि.सं.२०८० असोज ६ शनिवार १७:३४

काठमाडौं । धर्मस्थली ब्याडमिन्टल एसोसिएसनले आयोजना गरेको तारकेश्वर मेयर कप...

रासस गण्डकी प्रमुख पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान   

रासस गण्डकी प्रमुख पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान   

वि.सं.२०८० असोज ६ शनिवार १७:३०

गण्डकी, ६ असोज : राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय...

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या   

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या   

वि.सं.२०८० असोज ६ शनिवार १७:२३

रमेश लम्साल काठमाडौँ, ६ असोज : सरकारले मुलुकको ऊर्जा क्षेत्रको...

नेपाल पर्यटन बोर्डको हालसम्मकै ठुलो बजेट पारित

नेपाल पर्यटन बोर्डको हालसम्मकै ठुलो बजेट पारित

वि.सं.२०८० असोज ६ शनिवार १७:१६

काठमाडौं । नेपाल पर्यटन बोर्डको आ.व. २०८०/८१ को बजेट शनिबार...