
काठमाण्डौं । व्यवस्थापिका संसदको बैठकमा आज राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्दैछिन् । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीलाई पेश गरेपछि अहिले उनी सरकारको नीति तथा कार्यक्रम २०७३ वाचन गर्दैछिन् ।
मधेसी मोर्चाले आज पनि संसद बैठक बहिस्कार गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने बैटकमा मोर्चामा आवद्ध दलका सांसदहरु उपस्थित नै भएका छैनन् ।
२६ बैशाख २०७३, ४।००
वि.सं.२०७३ वैशाख २६ आइतवार १६:०१ मा प्रकाशित