
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्लाई सम्बोधन गरी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । सो क्रममा उनले शिक्षा सम्बन्धी विभिन्न विषयलाई प्रस्तुत गर्दै कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएकी थिइन् ।
उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएकोछ, ‘कक्षा १२ सम्मको शिक्षालाई क्रमशः अनिवार्य र निशुल्क बनाइनेछ । सामुदायिक र निजी विद्यालयको शैक्षिक गुणस्तरको अन्तर घटाइनेछ । विद्यालयमा प्रअ र शिक्षकबीच कार्यसम्पादन मूल्यांकन प्रणाली लागु गरिने । नागरिक शिक्षाको पाठनपाठन सुरु गरिनेछ । दलित तथा सीमान्तकृत समुदायका बालबालिकाको लागि सबै तहको शिक्षा निःशुल्क बनाइने छ । विद्यालय र क्याम्पसमा इन्टरनेट विस्तार गरिनेछ र छुट्टै शैक्षिक च्यानल सञ्चालनमा ल्याउने । शिक्षा आयोग बनाइनेछ । कृषि शिक्षामा जोड दिँदै कृषि विश्वविद्यालयहरु स्थापना गर्ने ।’
२६ बैशाख २०७३, ४।००
वि.सं.२०७३ वैशाख २६ आइतवार १६:५७ मा प्रकाशित