काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले २५ प्रतिसत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको आठौं वार्षिक साधारणले पारित गरेअनुसार एक सय बराबर २५ कित्ता बराबर हकप्रद निष्काशन गर्न लागिएको हो ।
बैंकले सेयर निष्काशनका लागि विक्री प्रबन्धकमा एनसिएम मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । आइतबार भएको सम्झौतामा काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी र एनसिएमको तर्फबाट प्रबन्ध संचालक बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
हकप्रद सेयर निष्काशन पछि बैंकको चुक्ता पुंजी ८४ करोड ९९ लाख हुनेछ । बैंकले २०७४ असार भित्र राष्ट्रियस्तरको विकास बैंकलाई आवश्यक पर्ने दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउन उपयुक्त बैंक तथा वित्तिय संस्थाहरु मर्जररएक्वीजिसन गर्ने योजना बैंकको छ। बैंकले चैत मसान्तसम्म १९ करोड रुपैयाँ नाफा कमाएको छ।
२७ बैशाख २०७३, ८.००
वि.सं.२०७३ वैशाख २७ सोमवार ११:३३ मा प्रकाशित