काठमाण्डौं । कृषि विकास बैंक लिमिटेडले एक अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत बर्षको चैतमा एक अर्ब एक करोड नाफा गरेको थियो ।
बैंकले ब्याज आम्दानीमा गरेको बृद्धि तथा सम्भावित नोक्शानी ब्यवस्थापनबाट केही रकम फिर्ता भएकाले नाफा २० करोड रुपैयाँले बढेको हो । बैंकले तीन अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
बैंकसँग सर्वसाधारणको ८३ अर्ब ५१ करोड निक्षेप र ७४ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी छ । बैंकको खराव कर्जा अनुपात ४.८९ प्रतिशत छ, जुन घट्दो क्रममा हो । बैंकको प्रति सेयर आम्दानी ३१.२७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २२।६१ गुणा छ । बैंकको साधारण सेयर वापतको चुक्ता पुँजी तीन अर्ब ९३ करोड रुपैयाँ छ ।
२७ बैशाख २०७३, ८.००
वि.सं.२०७३ वैशाख २७ सोमवार ११:५० मा प्रकाशित