
काठमाण्डौं । आइपीएल क्रिकेट अन्तर्गत सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेलपछिको दौरानमा खेलाडी युवराज सिंहले सचिन लेन्दुलकरले गोडामा ढोगेपछि उनको यो तस्वीर सामाजिक संजालमा भाइरल बनेकोछ ।
गएराति मुम्बई इन्डियन्सलाई ९८ रनले पराजित गर्ने क्रममा भारतीय क्रिकेटर एवम् सनराइजर्स हैदरावादबाट आइपीए क्रिकेट खेलिरहेका युवराज सिंहले २३ बलमा ३९ रनको पारी खेलेपछि भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरको गोढामा ढोग गरेका थिए।
युवराजले सचिनलाई क्रिकेटका भगवानको संज्ञा दिँदै आएका छन्। तिनै युवराजले सचिनका गोडामा ढोग्न लागेपछि मुस्कुराउँदै सचिनलले उनलाई रोक्ने कोशिश गरिहेको तस्वीर सोसल मिडियामा भाइरल भएको छ।
२७ बैशाख २०७३, १०.००
वि.सं.२०७३ वैशाख २७ सोमवार १२:२५ मा प्रकाशित