back
mega bank Ad
Hero Ad

हिमालबाट सरकारले कमायो उनन्तीस करोड राजस्व

काठमाडौँ । पर्यटनको दरिलो आधार मानिने मुलुकको पर्वतीय पर्यटनबाट राज्यले २९ करोड राजस्व कमाएकोछ । गत वर्षको तुलनमा १६ करोड कम भए पनि यसले उत्साह थपेको पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले बताएका छन् ।

उनका अनुसार तुलनात्मक रुपमा यस वर्षको आरोहण नतिजाले उत्साहजनक प्रगति भएको छ । गत वर्ष आरोहण रद्द गरेका टोलीलाई सरकारले दुई वर्षका लागि छुट दिएकाले राजस्वमा केही कमी आएको र यस वर्ष गत वर्ष भन्दा ६४ जना आरोही घटेको उनी बताउँछन् ।

पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एकहजार ४३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टिम गएका छन् ।

त्यस्तै अन्नपूर्णमा तीन, मनास्लुमा ११, मकालुमा पाँच वाटा टिम आरोहणका लागि गएका छन् । सन् २०१५ मा १०३ टिमका एक हजार ४९६ आरोहीले आरोहण अनुमति लिएका थिए ।

२७ बैशाख २०७३, २.००

वि.सं.२०७३ वैशाख २७ सोमवार १५:४९ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...