
काठमाण्डौं । नक्कली श्रम स्वीकृति र भिसाको आधारमा विदेश पठाउने काममा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली श्रम स्वीकृति र नक्कली भिसामार्फत विदेश पठाउन संलग्न म्यानपावर र ट्राभल एजेन्सीका सञ्चालकहरुलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ।
पक्राउ पर्नेमा श्रम विभागबाट कारबाहीमा परेका कर्मचारी सुशील शाक्य, ट्राभल एजेन्सी सञ्चालक अमृत ढकाल, राजेश ढकाल र फणीन्द्र तामाङ रहेका छन्। त्यस्तै नक्कली श्रम स्वीकृति लिएर विदेश जान लागेका २ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्दार गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।
२७ बैशाख २०७३, ३।००
वि.सं.२०७३ वैशाख २७ सोमवार १६:४६ मा प्रकाशित