
चितवन । लामो समयदेखि पर्यटन क्षेत्रमा लागेको सम्राट ग्रुपले बाघरमारा सौराहामा संचालनमा ल्याएको सुविधासम्पन्न होटल ‘ल्यान्डमार्क फरेस्ट पार्क’ले स्थापनाको दोस्रो वर्षमै ट्रिप एड्भाइजरिमा चितवनकै उत्कृष्ट बन्न सफल भयो । यस बर्षको ट्रिपएडभैजरीको होटेल बर्गिकरणमा नेपालभरीमा तेस्रो र चितवनमा पहिलो स्थान ओगट् सफल भएको छ ।
प्रकृति र वन्यजन्तुसँग रमाउने पर्यटकलाई लक्षित गरी सम्राट ग्रुपले दुई वर्ष अघि सौराहामा यो होटल संचालनमा ल्याएको हो । नेपालमा तेस्रो नम्बर र चितवनमा एक नम्बरमा पर्न सफल यो होटल करिब २६ रोपनी क्षेत्रफलमा फैलिएको छ भने २० करोड रुपैयाँ खर्च गरेर यसको निर्माण गरिएको हो ।
ल्यान्डमार्कको सुरुवात पोखरामा हँङ्ग्री आई रेस्टुरेन्टबाट भएको हो । एकदमै प्रख्यात रहेको हंड्ग्री आईमा सुरुवातमा ६–७ वटा कोठा थियो । बिस्तारै बिस्तारै बढाउँदै आज ८० रुम सम्म पुग्यौ होटेल संचालकले भने । त्यसलाई अझै बढाउने सोचमा संचालकहरु रहेका छन् । ट्रिप एड्भाइजरमा हेर्दा ल्याण्डमार्क पोखरामा २५/२६ नम्बरमा पर्ने गरेकोछ ।
स्टार लेवल लिइनसकेको यो होटल ४/५ स्टारको भएको होटल संचालक बताउँछन् अहिलेको अवस्थामा चाहिने सबै सुविधा सम्पन्न भएको यो होटलको अकुपेन्सी ६५ प्रतिशतसम्म रहनेगरेको म्यानेजर उमाकान्त पोखरेलले बताए । ट्रिप एड्भाइजरीमा भएका कारणले पनि होटललाई फाइदा पुगेको उनको भनाई थियो ।
के हो ट्रिप एड्भाईजर ?
ल्यान्डमार्क चितवनका म्यानेजर पोखरेल भन्छन यो एउटा ट्राभलर वेव साईट हो । जसमा केही न्यूनतम फी तिरेर होटलहरु रजिस्टर गर्नुपर्ने हुन्छ । त्यहाँ भर्नुपर्ने कुराहरु भ्रिसकेपछि हामी त्यसको सदस्य बन्न सक्छौं । त्यसपछि यो वेवसाइटमा हाम्रो प्रोपर्टी डिस्प्ले हुन्छ । यहाँ रेष्टुरेष्टको बारेमा, सेवा सुविधाको बारे, खाना आदिका बारेमा ५/६ वटा वर्गीकरण गरिएकोछ । यसमा आएर बस्ने गेष्टहरुले ओभरअल ५ प्वइन्टमा आफूले पाएको सन्तुष्टि अनुसार ३, २, ५ जति पनि दिन सक्छन् । यसरी हामीले डाइरेक्ट गेष्टहरुको फिडब्याक पाउन सक्छौं ।
ट्रिप एड्भाईजर संसारभर नै अनलाई रिभ्युका लागि चलेको साइट हो । यो साइट प्रति विदेशीहरु धेरै भर परेका पनि छन्, उनीहरु घुम्न आउन लागेका छन् भने यो साइट हेर्छन् हेर्छन् । कसैले यो होटलको बारेमा फिडब्याक लेख्यो भने पहिला ट्रिप एड्भाईजरले नै त्यसलाई विश्लेषण गर्ने अनि बल्ल त्यो पोष्ट गर्छ । त्यसैले अहिलेको समयमा, सूचना प्रविधिको समयमा यसको ठूलो भूमिका छ ।
हो, यसमा पनि गेष्टहरुलाई लगाएर राम्रो राम्रो लेख्न लगाउने एउटा पाटो छ । कतिवटा केसमा यो अथेन्टिक त हुँदैन तर पनि विदेशीहरु फिडब्याकलाई महत्व दिन्छन् । त्यसमा पनि साइटले सबै होटलहरुलाई एउटै सूचिमा राखिदिएको छ, वर्गीकरण गरेको छैन । अहिलेको केसमा पोखरामा २७/२८ नम्बरमा छौं हामी जबकी पोखराभरका १६२/६३ वटा होटलहरु ट्रिप एड्भाइजरमा रजिष्टर भएका छन् ।
यो अहिलेको परिस्थितिमा महत्वपूर्ण पनि भएकोछ । म पनि आएका गेष्टहरुलाई थ्याङ्कु फरेन, ट्रिभ एड्भाईजर हाम्रो लिङ्क यस्तो छ तिमीले फिल्ड ब्याक लेख्दियौ भने हामीलाई पनि राम्रो हुन्छ । तिम्रो के छ एक्सपिरिन्यस भनेर गेष्ट रिटर्न भइसकेपछि ईमेल गर्छौं । इमेल क्लिक गर्ने बित्तिकै डिस्प्ले हुन्छ र आफूलाई लागेको लेख्ने हो । त्यही नै हो ट्रिप एड्भाइजर ।
अहिले त अनलाईनको रिभ्यू गेस्टहरुले जहाँ बसेर पनि हेर्नसक्छन्, ईन्टरनेट जहाँ पनि हुन्छ । यसरी होटलका बारेमा गरिएको फिडब्याकको रिभ्यु हेरे मात्र गेष्ट आउँछन् ।
२७ बैशाख २०७३/ ८:३७
वि.सं.२०७३ वैशाख २७ सोमवार २१:०९ मा प्रकाशित