काठमाडौं। मुलुकभरका ६ हजार ३२ विद्यालयमा ५० भन्दा कम विद्यार्थी छन् । शिक्षा मन्त्रालयका उपसचिव डा। मुकुन्दमणि खनालका अनुसार १५ जनाभन्दा कम विद्यार्थी हुने सात सय एक र १६ देखि ५० विद्यार्थी हुने विद्यालयको संख्या पाँच हजार तीन सय ३१ छ ।
सयसम्म विद्यार्थी हुने विद्यालयको संख्या १२ हजार १०५ र दुई सयभन्दा कम हुने १८ हजार दुई सय १५ छ ।
सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि सरकारले नजिकैको विद्यालयमा गाभ्ने रणनीति बनाएको छ । शिक्षा विभागका निर्देशक वैकुण्ठ अर्यालले विद्यार्थी संख्या घट्दै गएपछि विद्यालय मर्ज गर्ने नीति ल्याएको बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रकाशितः २०७३ वैशाख २८
वि.सं.२०७३ वैशाख २८ मंगलवार १०:१२ मा प्रकाशित