
काठमाण्डौं । आज मंगलबार सुनको भाउ एकैपटक प्रतितोला ६ सय घटेको छ। मूल्य घटेसँगै सुन आज प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबारको भाउमा प्रतितोला १ सय रुपैयाँ घट्दै सुन हिजो ५६ हजार ५ सय रुपैयाँ कायम भएको थियो।
केही दिनयता ५६ हजारको आसपास रहेको सुनको भाउ आज भने ५५ हजार ९ सय रुपैयाँमा कायम भएको छ।
त्यस्तै केही दिनदेखि लगातार स्थिर रहँदै आएको चाँदीको भाउ पनि आज घटेको छ। हिजोसम्म ७ सय ९० रुपैयाँ प्रतितोला रहेको चाँदी आज भने १५ रुपैयाँ कम हुँदै ७ सय ७५ मा कारोबार भएको छ।
प्रकाशितः २०७३ वैशाख २८
वि.सं.२०७३ वैशाख २८ मंगलवार १२:०३ मा प्रकाशित