
भैरहवा । लुम्बिनी र भैरहवामा २० वर्षे पुराना जिपहरु विस्थापित हुने भएका छन् । सिद्धार्थ यातायात व्यवसायी समिति र पुराना जिप व्यवसायी समितिबीच ४ बुँदे सहमतिमा २० वर्षे पुराना गाडीहरु विस्थापित गर्ने उल्लेख छ ।
नेपालमा २० वर्षभन्दा पुराना गाडीहरु सञ्चालन गर्नु गैरकानुनी मानिन्छ । तर, रुपन्देहीको भैरहवा-बेलहिया र लुम्बिनीको पडरिया-कर्करहवा सडकखण्डमा २० वर्ष पुराना १५ वटा जिपहरु सञ्चालन भइरहेका छन् ।
भैरहवा लुम्बिनी क्षेत्रमा सञ्चालित यी पुराना जिपहरु भन्सारबाट लिलाम भएका हुन् । भन्सारबाट लिलाम भएका गाडीहरु लुम्बिनी अञ्चल, पोखरा र काठमाडौं उपत्यकामा चल्न पाउँदैनन् ।
२८ बैशाख २०७३, ८।००
वि.सं.२०७३ वैशाख २८ मंगलवार १२:५२ मा प्रकाशित