
काठमाडौं । संयुक्त अरब इमिरेट्सका विदेश मन्त्री सेख अब्दुल्लाह बिन जायेद अल नयन आज नेपालमा युएईको आवासीय दूतावासको उद्घाटन गर्न विशेष विमानबाट काठमाडौं आउन लागेका छन्।
परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गरी उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको निमन्त्रणामा युएईका मन्त्री अब्दुल्लाह नेपाल आउन लागेको जनाएको छ।
मंगलबार दिउँसो काठमाडौं आएपछि मन्त्री अब्दुल्लाह र नेपाली समकक्षी थापाबीच द्वीपक्षीय भेटवार्ता हुनेछ। त्यसपछि दिउँसो साढे ३ बजे मन्त्री अब्दुल्लाहले काठमाडौंको लाजिम्पाटमा युएईको दूतावासको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
२८ बैशाख २०७३, १०.००
वि.सं.२०७३ वैशाख २८ मंगलवार १३:२४ मा प्रकाशित