
काठमाडौं । पूँजी बजारमा सोमबार ४८ लाख ३१ हजार ३ सय ६० कित्ता शेयर थपिएका छन् । सिद्धार्थ बैंक, रिलायबल माइक्रो फाइनान्स, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सहारा विकास बैंकको बोनश शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । त्यस्तै संस्थापक र साधारण शेयरको अनुपात ५१:४९ बनाउन विभिन्न तीन कम्पनीको संस्थापक शेयर साधारणमा रुपान्तरण गरिएको छ ।
सोमबार नेप्सेमा एक वाणिज्य बैंक, एक माइक्रोफाइनान्स र दुई विकास बैंकको बोनश शेयर सुचिकृत भएको हो । सोमबार नेप्सेमा सिद्धार्थ बैंकको ४० लाख ६२ हजार ३ सइ ६० कित्ता, इन्टरनेशनल डेभलपमेन्ट बैंकको ६ लाख ६८ हजार कित्ता, रिलायबल माइक्रो फाइनान्सको ६५ हजार र सहारा विकास बैंकको ३६ हजार कित्ता बोनश शेयर सुचिकृत भएको हो ।
त्यस्तै सिभिल बैंक, टुरीजम् बैंक र सिद्धार्थ इन्स्योरेन्सको संस्थापक र साधारणशेयरको अनुपात ५०:४९ कायम गरिएको छ ।
जसका लागि सिभिल बैंकको २६ लाख ७६ हजार ७ सय ५२ कित्ता, टुरीजम् डेभलपमेन्ट बैंकको ९ लाख ४ हजार ९ सय ८६ कित्ता, सिद्धार्थ इन्स्योरेन्सको २ लाख ४८ हजार २ सय ९२ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण गरिएको नेप्सेले जनाएको छ ।
२८ बैशाख २०७३, १०.००
वि.सं.२०७३ वैशाख २८ मंगलवार १४:०९ मा प्रकाशित