back

नारायणहिटीको आम्दानी १७ करोड !

Kumari bank ad

काठमाण्डौं । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रुपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले पर्यटकहरुको ओइरो लागेपछि यसको कमाई पनि बढ्दै गएकोछ । नारायणहिटीले एक वर्षमा १७ करोड रुपैयाँ कमाएकोछ ।

राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डको साक्षी भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी जिज्ञासु तथा अवलोकनकर्ता आउने क्रम बढ्दो छ। सङ्ग्रहालयका अनुसार २०६५ फागुनयता स्वदेशी तथा विदेशी गरी २० लाख ७९ हजार ७६० जनाले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन्।

स्वदेशी दर्शकका रुपमा १० लाख छ हजार १५५ जना र नेपाली विद्यार्थी मात्रै नौ लाख ५ हजार ३३० जना यहाँ आइसकेका छन् । चीनसहित दक्षिण एसियाली मुलुकका एक लाख १८ हजार ६९९ तथा अन्य मुलुकका ४९ हजार ५७६ जनाले सो सङ्ग्रहालयको अवलोकन गरेका छन् । टिकट बिक्री तथा पार्किङ शुल्कबापत सङ्ग्रहालयले रु १७ करोड ४२ लाख ८५ हजार ६०० आम्दानी पनि गरेको छ।

विसं २०६५ असार १ गते स्थापना भएको नारायणहिटी सङ्ग्रहालयलाई सोही वर्षको फागुन १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरेका थिए।

२८ बैशाख २०७३, १।००

वि.सं.२०७३ वैशाख २८ मंगलवार १६:४२ मा प्रकाशित

You can share this post!

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१५

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...