back

एनएमबि माइक्रोफाइनान्सले १२० प्रतिशत हकप्रद सेयर दिने

Kumari bank ad

काठमाण्डौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १२० प्रतिशत अर्थात १ बराबर १.२ को अनुपातले  हकप्रद सेयर दिने भएको छ। पोखरामा बसेको साधारण सभा बैठकले हाल कायम रहेको ४ लाख ६० हजार कित्ता शेयरको १ः १.२ को अनुपातमा हुन आउने ५ लाख ५२ हजार कित्ता हकप्रद शेयर निस्काशन गरी जारी तथा चुक्ता पुँजी १० करोड १२ लाख पु¥याउने निर्णय गरेको छ।

वित्तीय संस्थाले छोटो अवधिमा २८ वटा शाखा सञ्चालन गरी हिमाली तथा विकट पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ। राष्ट्र बैंकको पछिल्लो नीति अनुसार दुर्गम क्षेत्रमा वित्तीय संस्थाको संख्या बढाउन पर्ने व्यवस्था अनुसार वित्तीय संस्थाले  १५ जिल्लालाई कार्यक्षेत्र बनाएको अध्यक्ष उत्तम भ्लोनले बताएका छन्।

२०६९ चैतबाट साविकको क्लिन भिलेज माइक्रोफाइनान्स वित्तीय संस्थाको नामबाट वित्तीय कारोवार शुरु गरेको यस एनएमबि माइक्रोफाइनान्सले २८ वटा शाखाबाट ३२ हजार विपन्न घरपरिवारमा ८३ करोड रुपैयाँ विनाधितो कर्जा लगानीमा रहेको, १६ करोडभन्दा बढि वचत संकलन गर्न सफल भएको र थप १० जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध भइसकेको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताए । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था एनएमबि बैंकको सहायक कम्पनी हो।

प्रकाशितः २०७३ वैशाख २९

वि.सं.२०७३ वैशाख २९ बुधवार १०:२३ मा प्रकाशित

You can share this post!

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...

नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई  ५० हजार जरिवाना   

नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई ५० हजार जरिवाना   

वि.सं.२०८० असोज १६ मंगलवार १०:४२

कञ्चनपुर, १६ असोज : नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर...