
काठमाण्डौं । आज बुधबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढेको छ। मूल्य बढेसँगै सुन आज ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।
मंगलवार सुन प्रतितोला ५५ हजार ९ सयमा कारोवार भएको थियो । सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार बुधवार चाँदीको भाउ प्रतितोला ७ सय ८५ तोकिएको छ । मंगलवार चाँदी प्रतितोला ७ सय ७५ मा कारोबार भएको थियो ।
प्रकाशितः २०७३ वैशाख २९
वि.सं.२०७३ वैशाख २९ बुधवार ११:२१ मा प्रकाशित