back

जंगलमा बसेरै धौलागिरी आइसफलको बाटो कोरिँदै !

Kumari bank ad

म्याग्दी । जिल्लाको चिमखोलाका स्थानीयवासी जङ्गलमै बास बसेर पदमार्ग निर्माणमा जुटेका छन् । म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक मार्गका रुपमा पहिचान गरिएको धौलागिरी आइसफल पदमार्गमा पूर्वाधार निर्माण गर्न चिमखोलावासी जुटेका हुन् ।

म्याग्दीका विभिन्न नौ गाविसको उच्च पहाडी र हिमाली भूभागलाई समेटेर मुस्ताङको लेते जोड्ने पदयात्राअन्तर्गत पदमार्ग निर्माणको काम भइरहेको छ । यो वर्ष पर्यटन मन्त्रालयबाट विनियोजन भएको रु १० लाख बजेटबाट पदयात्राले समेटिएको चिमखोलाको लेकमा पर्ने ससलधारादेखि धौलागिरि बेसक्याम्प क्षेत्रसम्मको पदमार्ग निर्माणको काम भइरहेको पदमार्ग निर्माण समितिका अध्यक्ष धुव्रकुमार पाइजाले बताउनुभयो ।

उहाँका अनुसार पदमार्ग निर्माणका लागि चिमखोलाका ४० जनाको टोली विगत एक महिनादेखि झन्डै तीन हजार मिटर उचाइको हिमाली क्षेत्रमा पदमार्ग निर्माणमा परिचालित छन् । उनीहरु जङ्गलकै ओडारमा बास बसेर पदमार्ग निर्माण गरिरहेका छन् । यो वर्ष जङ्गल, पहाड र भिरमा करिब तीन किलोमिटर नयाँ पदमार्ग निर्माण गर्ने योजना छ ।

पाँच वर्षअगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाको पहलमा गरिएको स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्ग क्षेत्रमा तीन वर्षदेखि निरन्तर रुपमा पदमार्ग निर्माण अटूट रुपमा भइरहेको छ । टान पोखरा, जिविस म्याग्दी, पर्यटन मन्त्रालय र पर्यटन कार्यालय पोखराको आर्थिक सहयोगमा पदमार्ग निर्माण कार्य अगाडि बढेको हो ।

दहबुकीदेखि मुस्ताङको लेतेसम्म यस अगाडि नै सामान्य पदमार्ग सञ्चालनमै रहेको छ । बेनी–जोमसोम सडक सञ्जाल विस्तारसँगै विस्थापित बेनी–जोमसोम पदमार्गको वैकल्पिक रुटका रुपमा पहिचान गरिएको ‘धौलागिरी आइसफल पदमार्ग’ले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, दोबा, भुरुङ तातोपानी, दाना, चिमखोला र कुइनेमङ्गले गाविसलाई समेटेको छ । जंगलमा बसेरै धौलागिरी आइसफलको बाटो कोरिँदै !

२९ बैशाख २०७३, ९।००

वि.सं.२०७३ वैशाख २९ बुधवार १२:३६ मा प्रकाशित

You can share this post!

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत   

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत   

वि.सं.२०८० असोज १३ शनिवार १८:३४

वीरगन्ज, १३ असोज (रासस) : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले...

मनसुन बाहिरिन अझै केही दिन लाग्ने, यस्तो छ आगामी ३ दिनको मौसम   

मनसुन बाहिरिन अझै केही दिन लाग्ने, यस्तो छ आगामी ३ दिनको मौसम   

वि.सं.२०८० असोज १३ शनिवार १८:३०

काठमाडौँ, १३ असोज : नेपालमा यस वर्षको मनसुन बाहिरिन केही...

भोटखोलामा विद्युत् राष्ट्रिय प्रसारणलाइन जोडियो   

भोटखोलामा विद्युत् राष्ट्रिय प्रसारणलाइन जोडियो   

वि.सं.२०८० असोज १३ शनिवार १८:१८

किमाथाङ्का (सङ्खुवासभा), १३ असोज : सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा...