back

विकास बैंकले ल्यायो ४ लाख ५० हजार कित्ता साधारण सेयर !

काठमाण्डौं । ग्रीन डेभलपमेन्ट बैंकले साधारण सेयर निष्कासनको अनुमति पाएको छ । बाग्लुङमा मुख्य कार्यालय रहेको यो बैंकको सेयर निष्कासनका लागि धितोपत्र बोर्डले आइतबार अनुमति दिएको हो ।
बैंकले चार करोड ५० लाख रुपैयाँ बराबरको चार लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । तीन जिल्ला कार्यक्षेत्र रहेको यो बैंक सर्वसाधारणलाई सेयर निष्कासन गरेपछि चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्छ । बैंकको कार्यक्षेत्र बाग्लुङ, म्याग्दी र कास्की जिल्ला हुन् ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ । धितोपत्र बोर्डबाट अनुमति पाएकोले केही सययभित्रै सेयर निष्कासन गर्ने योजनामा बैंक छ ।
यो डेभपलमेन्ट बैंकले गत चैत्र मसान्तसम्म १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ३३ करोड निक्षेप संकलन गरेको बैंकले करिब २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस वर्ष साधारण सेयर निष्कासन गर्ने र अर्को वर्ष ४० करोड रुपैयाँको हकप्रद निष्कासन गरेर पुँजी ५० करोड रुपैयाँ पुर्याउने योजना बैंकले सार्वजनिक गरेको छ ।
२९ बैशाख २०७३, १२।००

वि.सं.२०७३ वैशाख २९ बुधवार १३:१९ मा प्रकाशित

You can share this post!

भव्य फ्यान फेस्टसहित रियलमीले गर्योे रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

भव्य फ्यान फेस्टसहित रियलमीले गर्योे रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

वि.सं.२०८० असोज ७ आइतवार १७:१७

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले गत असोज ५...

आइएमई मार्फत  सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

आइएमई मार्फत  सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

वि.सं.२०८० असोज ७ आइतवार १७:०७

काठमाडौँ ।  नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा...

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?

वि.सं.२०८० असोज ७ आइतवार १७:०२

काठमाडौं मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ असोज १० गते बुधबार...

बम्बे भाइकिङ्गस नेपाल आउँदै, एलओडी मा कन्सर्ट हुँदै

बम्बे भाइकिङ्गस नेपाल आउँदै, एलओडी मा कन्सर्ट हुँदै

वि.सं.२०८० असोज ७ आइतवार १६:५६

काठमाडौं । भारतीय सांगितिक समूह बम्बे भाइकिङ्गसले नेपालमा सांगितिक प्रस्तुति...

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात, दुई खर्ब ३३ अर्ब ३० करोड व्यापार घाटा 

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात, दुई खर्ब ३३ अर्ब ३० करोड व्यापार घाटा 

वि.सं.२०८० असोज ७ आइतवार १६:४८

काठमाडौँ, ७ असोज : चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती...

सानिमा बैंकको सेवा मुल्याङ्कन क्यूआर कोड मार्फत

सानिमा बैंकको सेवा मुल्याङ्कन क्यूआर कोड मार्फत

वि.सं.२०८० असोज ७ आइतवार १६:४१

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा...