back

तरबुजा खेतीबाट मासिक ६० हजार आम्दानी

Kumari bank ad

तनहुँ । माछा मारेर जीविकोपार्जन गर्दै आएका जिल्लाको ब्याँश नगरपालिका–७ स्थित पाटनका बोटे समुदाय मादी नदी बगरमा सामूहिक तरबुजा खेतीतर्फ गर्न थालेका छन् ।

माछा पाइन छाडेपछि उनीहरु तरबुजा खेतीतर्फ अग्रसर भएका हुन् । करिब २० रोपनी जग्गामा १७ जनाको समूह बनाई तरबुजा खेती गर्दै आएका मादीसेती बोटे कृषक समूहकी अध्यक्ष रमिला बोटेले बताउनुभयो । गत वर्षयता रु ६० हजारको तरबुजा बिक्री गरेको उहाँको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयले बगर खेती अभियानअन्तर्गत त्यस क्षेत्रका बोटे समुदायको जीवनस्तर उकास्ने उद्देश्यले सामूहिक तरबुजा खेतीतर्फ अग्रसर गराएको हो । उक्त समुदायलाई तरबुजाको बीउ, प्राविधिक सहयोगलगायतका अन्य आवश्यक सहयोग कार्यालयले गर्दै आएको वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताउनुभयो ।

तराई क्षेत्रमा उत्पादन गरेर आयत गरिएको तरबुजाभन्दा त्यस क्षेत्रमा बोटे समुदायले उत्पादन गरेका तरबुजाको बोक्रा पातलोका साथै स्वादिलो रहेको पाइएको अधिकारीको भनाइ छ । उक्त समुदायले उत्पादन गरेका तरबुजा दमौली बजार क्षेत्रमै प्रतिकिलो रु ५० मा बिक्री गरिँदै आएको छ ।

तरबुजा खेती माघ महिनादेखि सुरु गरिने र वैशाख महिनाभित्रमा उत्पादन लिइसकिने हुन्छ । जेठदेखि भदौ महिनासम्म उक्त बगरमा नदी बग्छ ।

२९ बैशाख २०७३, १२।००

वि.सं.२०७३ वैशाख २९ बुधवार १४:४२ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...