
काठमाण्डौँ । नेपाल दक्षिण एसियाली खेलकुद् पत्रकार संघले ६ जना खेल पत्रकारलाई पुरस्कृत गरेको छ। संघले बुधबार काठमाडौमा एक समारोह गरी विभिन्न संचारमाध्यममा आवद्ध ६ जना पत्रकारलाई पुरस्कृत गरेको हो।
पुरस्कृत हुनेमा नागरिकका अजय फुँयाल, राजधानीका रामसुदन तिमल्सिना, एभिन्युज टेलिभिजनकी पवित्रा श्रेष्ठ, राजधानीका राजेन्द्र श्रेष्ठ, अन्नपूर्ण पोष्टका रजेन्द्र क्षेत्री र सगरमाथा टेलिभिजनका राजेश थापामगर छन्।
युवा तथा खेलकुद् मन्त्री सत्यनारायण मण्डल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रमाणपत्र र पुरस्कार रकम प्रदान गरे। पुरस्कार स्वरुप फुँयाललाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ भने अन्य पाँच जनालाई जनही १०र१० हजार रुपैयाँ दिइएको छ।
२९ बैशाख २०७३, १२।००
वि.सं.२०७३ वैशाख २९ बुधवार १४:५२ मा प्रकाशित