
काठमाण्डौँ । एक सय कित्ता वरावर २४ कित्ता हकप्रद सेयर दिने भएपछि नेपाल बैंकको कारोबार बढेको छ । बैंकको एकै दिन १६ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको हो ।
दिनभरीमा बैंकको तीन लाख ३३ हजार ९९४ कित्ता सेयर खरीद बिक्री भएको छ । बैंकको सेयर मूल्य पनि ६.३ प्रतिशतले बढेको छ ।
नेपाल बैंकसँगै अन्य कम्पनीको पनि कारोबारमा तिब्रता आएपछि सेयर बजारमा एक अर्ब १० करोड रुपैयाँको किनबेच भएको छ । बजार भने २.८६ अंकले घटेको छ ।
बजारमा नेपाल बैंकपछि लाइफ इन्स्योरेन्स कर्पोरेसनको आठ करोड ९२ लाख र एनआइसी एसियाको सात करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । सिटिजन्स बैंकको पाँच करोड ३२ लाख र एनबी बैकको चार करोड ९५ लाख रुपैयाँको किनबेच भएको छ ।
२९ बैशाख २०७३, २.००
वि.सं.२०७३ वैशाख २९ बुधवार १६:२४ मा प्रकाशित