back
NMB ad

एक गाग्री पानीको एकसय रुपैयाँ

Kumari bank ad

पर्वत । ठूलीपोखरी–३ की सुनिता परियारका घरमा परिवारका पाँचजना सदस्य र दुईवटा गाईभैँसी रहेका छन् । पाँच जनाको परिवार र दुईवटा गाईभैँसीलाई गरी दैनिक ६ गाग्रीसम्म पानी आवश्यक पर्छ, तर उहाँले एक गाग्री पानी घरसम्म ल्याई पु¥याउन २ घन्टा लाग्ने गर्छ ।

छ गाग्री पानी ल्याउँदा उहाँको पुरै दिन त्यसै सकिन्छ । अहिले स्थानीयस्तरमा महिलाको ज्याला रु ५५० भएकाले एक गाग्री पानीको करिब १०० रुपैयाँ पर्न जान्छ । एक गाग्रीमा १० देखि १५ लिटर जाने हुँदा एक लिटर पानीको १० रुपैयाँ पर्छ । परियार मात्रै होइन, ठूलीपोखरी गाविसका तीनवटा वडाका करिब ३०० परिवारले यसरी नै १० रुपैयाँ लिटर पर्ने पानी खाने गरेका छन् । उनीहरुलाई दुई घन्टामा एक गाग्री पानी ल्याउनभन्दा किनेर खान सस्तो पर्न जान्छ ।

ठूलीपोखरी गाविसका चोरकाटे, भन्ज्याङ, घोराचौर, ठूलीपोखरी, पैयुँस्वाँरा, रोहोटे लगायतका टोलमा पानीको हाहाकार हुँदा हिउँदका अधिकांश समय पानी ल्याउनमै बित्ने गरेको छ । घरमा केटाकेटी र बुढाबुढी भएकाले पानी बोक्नमा कमाउने उमेर समूहका महिला र पुरुष नै खट्ने गरेका छन् ।

३० बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख ३० बिहीवार ११:४६ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...