
बनेपा । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा समितिले प्राचीन मूर्ति तथा थाङ्का संरक्षणका लागि अभियान थालेको छ । थाङ्काको अहिले रु ५०० देखि रु ६ करोडसम्ममा कारोबार हुने थाङ्का निर्माणका प्रशिक्षक धोर्जे गुरुङ लामाले जानकारी दिए । त्यस्तै, कलात्मक प्राचीन मूर्ति रु एक लाखसम्म पर्ने छ ।
समितिले २० दिनसम्म धुलिखेलमा प्राचीन मूर्ति तथा थाङ्का संरक्षणका लागि ३० युवा तथा युवतीलाई तालिम प्रदान गरेर उनीहरुलाई सक्षम बनाएको छ । तामाङ समुदायमा लोकप्रिय रहेको थाङ्काको अन्तर्राष्ट्रिय बजार रहेको छ ।
सो तालिममा सहभागी हुन चितवन, रसुवा, सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, मकवानपुर, ताप्लेजुङ लगायतका जिल्लाबाट युवायुवती धुलिखेल आएका थिए ।
३० बैशाख २०७३, ८।००
वि.सं.२०७३ वैशाख ३० बिहीवार १२:०० मा प्रकाशित