back

नौ/नौ जना पण्डित पढाएर पञ्चेवाजा सहित भ्यागुताको बिहे !

भोजपुर । जिल्लाको भुल्के गाविसका किसानले लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गराएका छन् ।

किसानले गाविस को वडा नं– १ र ४ मा रहेका जाल्पादेवी र पञ्चकन्या मूलमा पञ्चेबाजासहित नौ/नौजना पण्डित पढाएर बिहिवार भ्यागुताको बिहे गराइदिएको स्थानीय किसान बाबुराम बन्जाराले जानकारी दिनुभयो । बेहुला पक्षका किसानले पञ्चकन्या मूलबाट बेहुला भ्यागुतो लिएर पण्डितसहित ‘हरहर महादेव, पानी देऊ देऊ’ भन्दै जाल्पादेवी मूलमा पुगेका थिए ।

बेहुली पक्षका किसानले भने धुमधामका साथ पण्डित पढाएर बेहुली भ्यागुतालाई बिदावारी गरेका थिए । बेहुली पक्षले पनि महादेवलाई पानी माग्दै नौजना पण्डित पढाएका थिए । बिहेमा ३०० भन्दा बढी किसानको सहभागिता थियो । पानी पर्छ भन्ने विश्वासमा भ्यागुताको बिहे गराइदिएको विवाह व्यवस्थापन समितिका ज्ञानराज भट्टराईले बताए ।

भोजपुरका केही भागमा लामो समय पानी नपर्दा किसानले बारी जोत्ने, मकै छर्ने लगायतका काम गर्न नपाएको टक्सारका किसान श्रीप्रसाद श्रेष्ठले बताए ।
३१ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख ३१ शुक्रवार ११:३५ मा प्रकाशित

You can share this post!

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

वि.सं.२०८० असोज ७ आइतवार १३:२४

काठमाडौं । गैह्र आवासीय नेपाली संघ(एनआरएनए) को हुन गइरहको अधिवेशनमा...

राहुघाट जलविद्युत् आयोजना :  १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

वि.सं.२०८० असोज ७ आइतवार १३:१३

म्याग्दी, ७ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट...

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...