
राजविराज । मङ्गलबार राति अचानक आएको हावाहुरीबाट सप्तरीको पूर्वी भेगमा हजारौँ बिघामा लगाइएको केराखेती नष्ट भएको छ ।
सप्तरीको भारदह–१ स्थित कोसी पलारमा हजारौँ बिघामा लगाइएको केरा खेतीमा हावाहुरीले क्षति पु¥याएको छ । त्यस्तै, हनुमाननगर योगिनिमाई नगरपालिका–२ स्थित कोसी पलारमा करिब ५०० बिघामा लगाइएको केरामा समेत क्षति पुगेको स्थानीयवासीले बताएका छन् । हावाहुरीका कारणले केरा खेतमै आधी भाँचिएपछि केराका घरी भुइँमै यत्रतत्र थुप्रिएको छ भने अधिकांस केरा जरादेखिनै उखेलिएका छन् ।
यहाँ उत्पादन भएको केरा नेपालको राजधानी काठमाडाँैसहित पोखरा, नेपालगन्ज, भैरहवा, बुटवल र पूर्वको झापा, कांकडभिट्टा, इलाम, धनकुटाजस्ता अन्य जिल्ला र सहरमा बिक्री–वितरणका लागि जाने गरेको छ ।
३१ बैशाख २०७३, ८।००
वि.सं.२०७३ वैशाख ३१ शुक्रवार ११:३९ मा प्रकाशित