
काठमाण्डौं । आजबाट लागू भएको नयाँ ऐनअनुसार सरकारले न्यूनतम जरीवाना २५ रुपैयाँबाट ५ सय पु¥याएको छ । अब ट्राफिक नियम उल्लंघन गर्नेबाट दह्रो राजश्व असुल्ने गरी ल्याएको नयाँ ऐन आजदेखि कार्यान्वयन भएको हो ।
यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संसोधन गर्दै वैशाखको दोस्रो साता जरिवानामा २० प्रतिशतसम्म बढाइएको थियो। सवारी नियम उल्लघंन गर्नेहरु दिनहुँ बढ्दै गएको र त्यसलाई न्युनिकरण गर्नका लागि नयाँ नियम ल्याइएको ट्राफिक प्रहरीले बताएको छ। पहिला न्युनतम २५ रुपैयाँ ट्राफिक जरिवाना थियो भने बढीमा एक हजारसम्म । तर नयाँ नियम अनुसार न्युनतम ५ सय र बढीमा १५ सयसम्म जरिवाना तोकिएको छ।
आजबाट लागू भएको ट्राफिक जरिवाना
५०० जरिवाना हुने कसुरहरु
१ तोकिएको भन्दा बढि मालसामान राखेमा
२ सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
३ सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४ प्रयोजन बिपरीत सवारी चलाएको
५ हेल्मेट नलगाएको
६ सवारी आवागमनमा बाधा पुरयाएको
७।अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
८ छतमा यात्रु बोकेको वा राखेको
१००० जरिवाना हुने कसुरहरु
१ सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२ सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३ दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुयाएको वा सम्पर्कमा नआएको
४ मादक पदार्थ सेवन गरी सवारी चलाएको
५ सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा
१५०० सम्म जरिवाना हुने कसुरहरु
१ ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
२ सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
३ सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
४ सडकमा गलत साईड तर्फबाट सवारी चलाएको
५ एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६ अवस्था ठिक नभएको सवारी चलाएको ।
७ निर्धा्रित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८ राती बत्ती नबाली सवारी चलाएको ।
९ सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१० नम्बर प्लेट नराखी सवारी चलाएको ।
११ सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको ।
१२ पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३ सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४ सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५ निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।
१६ लापरवाहीका साथ सवारी चलाएको ।
१७ बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।
१८ सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएको ।
प्रकाशितः २०७३ जेठ १
वि.सं.२०७३ जेठ १ शनिवार ११:१२ मा प्रकाशित