
काठमाण्डौं । एक महिनाको अवधिमा सुनको भाउ प्रतितोला १७ सय रुपैयाँले महँगिएको छ। वैशाख २ गते प्रतितोला ५४ हजार ५ सय रुपैयाँ रहेको सुन वैशाख ३१ गते ५६ हजार २ सय रुपैयाँमा कायम भएको छ। वैशाख महिनामा सुनको मूल्य १९ गते प्रतितोला ५७ हजार रुपैयाँसम्म पुग्यो।
त्यस्तै चाँदीको भाउ वैशाख महिनामा प्रतितोला ४० रुपैयाँ बढेको छ। वैशाख २ गतेको पहिलो कारोबारमा प्रतितोला ७ सय ४५ रुपैयाँ रहेको चाँदी अन्तिम दिन ३१ गते ७ सय ८५ रुपैयाँमा कायम भएको छ।
१९ गते चाँदीको मूल्य वर्षकै उच्च ८ सय ५ रुपैयाँ कायम भएको थियो।
प्रकाशितः २०७३ जेठ १
वि.सं.२०७३ जेठ १ शनिवार १२:०५ मा प्रकाशित