back
NMB ad

भूकम्पपीडितको चामल बेच्दै सरकार

Kumari bank ad
काठमाडौं । सरकारले भूकम्पपीडितका लागि देश विदेशबाट आएका लाखौ किलो चामल संकलन गर्यो। जसमध्ये बंगलादेशले मात्तै ७८ लाख २९५ किलो चामल पीडितका लागि नेपाल पठायो ।पीडितहरू चामल पाउने बशामा सरकारको बाटो हेरे। तर, सरकारले भोक भोकै बसेका पीडितलाई चामल बाँडेन, बरू झापास्थित नेपाल खाद्य संस्थानको डिपोमा थन्क्याएर राख्यो ।

एक वर्षपछि जब कुहिन थाल्यो तब सरकारले गोदाममा थन्काएको चामल बाहिर त निकालेको छ। तर, भूकम्पपीडितलाई वितरण गर्न होइन, काठमाडौंमा प्रतिकेजी ४१ रूपैयाँमा बेचेर रकम उठाउन थालेको छ ।

१०७ बोरा चामल त गोदाममै कुहियो । बंगलादेशले पठाएको चामलमध्ये ४८ लाख २९५ किलो बिक्री गरेर झन्डै २० करोड रकम उठाउन सरकारको लक्ष्य छ । काठमाडौंका अतिरिक्त गोरखामध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा चामल बिक्री गर्ने सरकारको योजना छ ।

भूकम्पपीडितका लागि चीन सरकारले अनुदानमा दिएको एक लाख किलो चामल पनि प्रतिकेजी ४० रूपैयाँमा बजारमा बिक्री गर्ने सरकारको योजना छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ जेठ २

वि.सं.२०७३ जेठ २ आइतवार १०:११ मा प्रकाशित

You can share this post!

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...