
काठमाण्डौं । भूकम्प गएको वर्षदिनसम्म पनि राम्रो आवासमा बस्न नपाएका भूकम्प पीडितलाई सहयोग गर्नका लागि भनेर हिजो काठमाण्डौंमा दुई कार्यक्रम भए । एउटा संगीतमय रह्यो भने अर्को नृत्यमय ।
नेपाली सेना श्रीमती संघले अमरपंक्षी नामक कार्यक्रम गरे जसमा भारतीय चर्चित नायिका सोनाक्षी सिन्हा, मलाइका अरोरा सहित नेपालका रेखा थापा, प्रियंका कार्की लगायतले आफ्नो नृत्य प्रस्तुत गरे । टुँडिखेलमा आयोजित यो कार्यक्रम भव्य भएको भन्दै नेपाली दशर्कलाई धन्यवाद दिँदे सोनाक्षीले फेरि नेपाल आउने वाचा गरिन् ।
त्यस्तै जावलाखेलमा नेपथ्यले आफ्नो सांगीतिका कार्यक्रम आयोजना ग¥यो । भूकम्प पीडितका लागि सहयोग स्वरुप आयोजना गरिएको उक्त कार्यक्रममा नेपथ्यले आफ्नो विभिन्न गीतहरु गाएको थियो ।
२ जेठ २०७३, १०।००
वि.सं.२०७३ जेठ २ आइतवार १२:२३ मा प्रकाशित