
काठमाण्डौं । राजधानीमा भिन्टेज मोटर एक्स्पो २०१६ सुरु भएको छ । शनिबारदेखि सोमबारसम्म ३ दिन चल्ने उक्त एक्स्पोको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले उद्घाटन गरेका थिए ।
भिन्टेज एन्ड क्लासिक मोटर इन्क नेपालको आयोजना र भक्सवागन गाडीको नेपालका लागि आधिकारिक बितरक पूजा इन्टरनेसनल प्रालिको मूख्य प्रायोजनमा सो एक्स्पो आयोजना गरिएको हो ।
र्यालीमा सन् १९२८ देखिका करिब ४० वटा भिन्टेज तथा क्लासिक गाडीहरु सहभागी थिए । साथै सन् १९३७ मोडलको श्री ३ चन्द्र शमशेरले चढेको बुलेट मोटरसाइकल सहित भक्सवागन, फोर्ड, अस्टिन, क्रिस्लर, मर्सिडिज, भल्भो, डेमलर, बीएमडब्ल्यु बक्सर, मिनी कुपर, सुपर बिटल लगायत कम्पनीका अत्यन्तै पुराना एवम् महत्वपूर्ण गाडीहरु राखिएका छन् ।
२ जेठ २०७३, १।००
वि.सं.२०७३ जेठ २ आइतवार १४:११ मा प्रकाशित