
काठमाण्डौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले मुलुकमा संकटकाल घोषणा गरेका छन्। अमेरिकी जासुसी संस्थाले कुनै पनि समय दक्षिण अमेरिकी मुलुक भेनेजुएला विघटन हुनसक्ने सार्वजनिक गरेको केही घन्टामै संकटकाल घोषणा भएको हो।
भेनेजुएला चर्को महँगी, खुम्चिँदै गएको अर्थव्यवस्था, कहालीलाग्दो खाद्य असुरक्षा तथा लोडसेडिङबाट गुज्रिरहेको छ। स्थिति यतिसम्म कि राष्ट्रपतिले बिजुली खपत कम होस् भनेर महिलालाई कपालमा हेयर ड्रायरसमेत नचलाउन निर्देशन दिएका छन्।
यस वर्षमात्रै महँगी ७ सय प्रतिशत हुने प्रक्षेपण गरिएको छ। पैसा यति सस्तो हुँदैछ कि नयाँ नोट छापेर पनि भ्याउन सकिने स्थिति छैन।
२ जेठ २०७३, १.००
वि.सं.२०७३ जेठ २ आइतवार १४:२५ मा प्रकाशित