back

पुनःनिर्माणका लागि रु ११ अर्ब ११ करोड, तपाईको जिल्लालाई कति प¥यो ?

Kumari bank ad

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई रु १२ अर्ब ४१ करोड रकम निकासा गरेको छ ।

सो रकमबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि अतिप्रभावित ११ जिल्ला विकास समितिलाई रु ११ अर्ब ११ करोड ६० लाख निकासा गरेको प्राधिकरणले जनाएको छ ।

निकास भएको रकममध्ये धादिङ जिविसलाई रु ११ करोड ३३ लाख ५० हजार, दोलखा जिविसलाई रु दुई अर्ब २२ करोड २५ लाख ५० हजार, दोलखा जिविसलाई रु दुई अर्ब २२ करोड २५ लाख ५० हजार, काभ्रेपलाञ्चोक जिविसलाई रु एक अर्ब ९६ करोड ५० लाख, रसुवा जिविसलाई रु २६ करोड, १५ लाख ५० हजार, नुवाकोट जिविसलाई रु एक अर्ब ४८ करोड ८१ लाख, सिन्धुपाल्चोक जिविसलाई रु एक अर्ब ७६ करोड ५४ लाख, गोरखा जिविसलाई रु २१ करोड ४५ लाख रहेको छ ।
यसैगरी ओखलढुङ्गा जिविसलाई रु ७४ करोड ९२ लाख ५० हजार, सिन्धुली जिविसलाई रु सात करोड ५० लाख, रामेछाप जिविसलाई रु एक अर्ब ४८ करोड ८१ लाख र मकवानपुर जिविसलाई रु ३७ करोड ६ लाख पठाइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो ।

“नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयमा तीनवटा बैंकिङ एसोसिएसनले गरेको निर्णयअनुसार भूकम्प अति प्रभावित ११ जिल्लाका सबै गाविस तथा नगरपालिकाको क्षेत्र विभाजन हुने व्यवस्था मिलाइएअनुसार जिविस र बैंकहरुबीच हुने सम्झौताका आधारमा घरधनीले अनुदान प्राप्त गर्नेछन्”– उहाँले भन्नुभयो ।

दोलखाका १०, रामेछापका ४१ र ओखलढुङ्गाका २४ गाविसमा अनुदान सम्झौता जारी छ । अहिलेसम्म आठ हजार घरधनीसँग सम्झौता भएको छ । गत चैत २१ गते नामावली प्रकाशित भएका आठ जिल्लाका ८ गाविस तथा नगरपालिकामा जिल्ला समन्वय समितिको कार्ययोजनाअनुसार अनुदान भुक्तानीको क्रम चलिरहेको प्राधिकरणले जनाएको छ ।
 प्रकाशितः २०७३ वैशाख ३

वि.सं.२०७३ जेठ ३ सोमवार १४:५८ मा प्रकाशित

You can share this post!

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

वि.सं.२०८० असोज १३ शनिवार २१:३६

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

वि.सं.२०८० असोज १३ शनिवार २१:२७

काठमाडौँ, १३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

वि.सं.२०८० असोज १३ शनिवार २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...