
काठमाडौं। ललितपुरका सांसद चन्द्र महर्जनले जनेरेटर टहरो निर्माणका क्रममा करिव ८५ लाख रुपैयाँ अनियमितता गरेको छानबिनका क्रममा देखिएको छ ।
अर्का सांसद मदन अमात्यको सिफारिसमा संचालित ज्यापु समाजको भवन निर्माणमा १ लाख ६८ हजार भ्रष्टाचार गरिएको भेटियो । उक्त योजनामा खरिद नै नगरेको रडलाई प्रयोग गरेको भनी मूल्यांकन गरिएको फेला पर्यो ।
सांसद सिद्धिलाल सिंहको सिफारिसमा ललितपुरकै सातदोबाटोमा मनमोहन स्मृति भवन निर्माणाधिन छ । भवनमा १० फिट गाह्रो हुनुपर्ने भनी भुक्तानी भएकोमा छानबिनका क्रममा उचाई करिव साढे ८ फिट मात्रै भेटियो । उचाइ गडबडले ४९ हजार ९ सय रुपैयाँ अनियमितता गरेको देखियो । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशितः २०७३ जेठ ४
वि.सं.२०७३ जेठ ४ मंगलवार १०:१२ मा प्रकाशित