back

ठगी गरेको आरोपमा सहकारीकी संचालक पक्राउ

राजविराज । महूली खोला र सीतापुरको बनरा खोलाको नदी नियन्त्रण सम्बन्धी ठेक्कापट्टा मिलाई दिन्छु भनी ठगी गर्ने एकजना महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको भारदह–१ निवासी कङ्कालीनी बहुउद्देश्यीय सेवा केन्द्रकी अध्यक्ष नुनुदेवी झा रहेको प्रहरीले जनाएको छ । ६० वर्षीया झाले एक वर्ष अगाडि विभिन्न बहाना बनाई न्यौपाने निर्माण सेवाका सञ्चालक झापा भद्रपुर नगरपालिका–९ बस्ने प्रेम न्यौपाने र साहिल निर्माणका सञ्चालक काठमाडौँ–१० बस्ने कमरुजमा सेखसँग रु ९५ लाख लिई ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

पक्राउ परेका झालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको बताइएको छ ।

झाबाट ठगीमा परेका न्यौपाने र सेखले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
४ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ ४ मंगलवार ११:५८ मा प्रकाशित

You can share this post!

ग्वार्काेमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते

ग्वार्काेमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते

वि.सं.२०७९ माघ १६ सोमवार ११:०१

ललितपुर । ललितपुरको ग्वार्काेमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुईजनाको...

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:५६

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।...

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद निष्काशनको लागि पायो पूर्वस्वीकृति

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद निष्काशनको लागि पायो पूर्वस्वीकृति

वि.सं.२०७९ माघ १६ सोमवार १०:४८

काठमाडौं । विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडलाई हकप्रद...

१०.५३ प्रतिशत नगद लाभांश तपाईको खातामा आयो त ?

१०.५३ प्रतिशत नगद लाभांश तपाईको खातामा आयो त ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:३८

काठमाडौं । शिवम् सिमेन्ट्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा वितरण...

मर्जरको लागि यी दुई लघुवित्तले पाए सैद्दान्तिक स्वीकृति

मर्जरको लागि यी दुई लघुवित्तले पाए सैद्दान्तिक स्वीकृति

वि.सं.२०७९ माघ १६ सोमवार १०:२९

काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तलाई मर्जरको...

आजदेखि आत्मनिर्भर लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि आत्मनिर्भर लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:१५

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका...