
काठमाण्डौं । नेपाल हस्तकला महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले आयोजना गर्न लागेको नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६ को तयारी पुरा भएको छ ।
कार्यक्रममा बारेमा जानकारी दिन हिजो आयोजित एक पत्रकार सम्मेलन मार्फत् मेलामा स्वदेशी तथा विदेशी सहित ५९ वटा स्टल रहने र मेला जेठ ७ देखि ९ गतेसम्म राजधानीमा आयोजना हुने जानकारी दिइयो । एक्स्पोमा स्वदेशी ५३ वटा र विदेशी ६ वटा स्टल रहने बताइएको छ ।
एक्स्पोमा बहुमूल्य गरगहना तथा हस्तकलाको अतिरिक्त रत्न, पत्थर एवं आधुनिक मेसिनरी, आभुषणयुक्त घडीलगायतका सामग्री प्रदर्शन गरिने छ। एक्स्पोमा ज्वेलरी सम्बन्धि सेमिनार, जेम कटिङ्ग, पोलिसिंङ्ग, फिनिसिंङ्गको प्रत्यक्ष प्रस्तुति पनि हुनेछ ।
५ जेठ २०७३, ९।००
वि.सं.२०७३ जेठ ५ बुधवार १२:०१ मा प्रकाशित