back

सरकारी प्रयासपछि ९ हजार टन माछा उत्पादन

पर्सा। पर्सामा वार्षिक करिब नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ।

सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागु गरेपछि यति धेरै परिमाणमा माछा उत्पादन हुन थालेको हो । किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन विगत छ वर्षदेखि कार्यक्रम सञ्चालन गरिँदै आएको हो।

कृषि विकास कार्यालयका सूचना तथा प्रचारप्रसार अधिकृत मुन्नीलाल प्रसादका अनुसार योजना कार्यान्वयनमा आएपछि अहिले प्रतिहेक्टर ४ दशमलव ५ मेट्रिक टनका दरले माछा उत्पादन हुने गरेको छ। विगत चार वर्षमा करिब ४१ हेक्टर क्षेत्रफलमा नयाँ माछापोखरी निर्माण भएका छन्।

आर्थिक वर्ष २०६७र६८ मा १५ हेक्टर, आव २०६८र६९ मा ११ हेक्टर, आव २०६९÷७० मा छ हेक्टर र आव २०७0र७१ मा १० हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण भएका छन् । माछापोखरी निर्माणका लागि प्रतिहेक्टर एक लाखका दरले किसानलाई अनुदान उपलब्ध गराइएको छ।

जिल्लामा अहिले ३४० हेक्टरमा माछापालन व्यवसाय सञ्चालन गरिँदै आएको छ भने वार्षिक करिब एकहजार ५०० मेट्रिक टन माछा खपत हुने गरेको छ। उत्पादनमा वृद्धि भएपछि यहाँका किसान माछापालनबाट आत्मनिर्भर भएका छन्,। “अहिले स्वदेशी उत्पादनले जिल्लाको आवश्यकता पुरा गरेको छ । जिल्लामा हाल ८६५ जना कृषकसँग एक हजार ६० वटा पोखरी रहेको बताइएको छ ।

प्रकाशितः २०७३ जेठ ५

वि.सं.२०७३ जेठ ५ बुधवार १२:४९ मा प्रकाशित

You can share this post!

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

वि.सं.२०८० असोज ६ शनिवार १७:४५

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५...

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

वि.सं.२०८० असोज ६ शनिवार १७:३९

काठमाडौँ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७...

तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

वि.सं.२०८० असोज ६ शनिवार १७:३४

काठमाडौं । धर्मस्थली ब्याडमिन्टल एसोसिएसनले आयोजना गरेको तारकेश्वर मेयर कप...

रासस गण्डकी प्रमुख पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान   

रासस गण्डकी प्रमुख पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान   

वि.सं.२०८० असोज ६ शनिवार १७:३०

गण्डकी, ६ असोज : राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय...

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या   

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या   

वि.सं.२०८० असोज ६ शनिवार १७:२३

रमेश लम्साल काठमाडौँ, ६ असोज : सरकारले मुलुकको ऊर्जा क्षेत्रको...

नेपाल पर्यटन बोर्डको हालसम्मकै ठुलो बजेट पारित

नेपाल पर्यटन बोर्डको हालसम्मकै ठुलो बजेट पारित

वि.सं.२०८० असोज ६ शनिवार १७:१६

काठमाडौं । नेपाल पर्यटन बोर्डको आ.व. २०८०/८१ को बजेट शनिबार...